शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, असार ५ २०८११२:३९
    पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    कमलामाई (सिन्धुली) । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

    पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ ।

    सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #road
  • # #madhyepahadilokmarga
  • प्रतिक्रिया दिनुहोस