काठमाडौं । नयाँबानेश्वरस्थित संसद् भवन परिसरको शौचालयमा आत्महत्या गरेका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
दोलखा घर भएका २२ वर्षीय गोलेको शव बिहान ८ बजे शौचालयमा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानले गोलेले आफैँले बोकेको बन्दुकले निधारमा गोली हानी आत्महत्या गरेका थिए ।
घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।