शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा


    हुलाक प्रेस

    • बुधबार, असार ५ २०८१०१:३५
    अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा
    कमलामाई (सिन्धुली) । आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
     
    सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा लगायत क्षेत्रमा  सडक अवरुद्ध भएको थियो ।
     
    गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
     
    उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले  पहिरो पन्छाउने कार्य भइरहेको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #madhyepahadilokmarga
  • प्रतिक्रिया दिनुहोस