शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दुई नेपाली युवा गोवाबाट पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , असार ६ २०८११०:१८
    दुई नेपाली युवा गोवाबाट पक्राउ

    गोवा । भारतको गोवास्थित पानाजीमा ९८ हजार भारु पर्ने इलेक्ट्रिक स्कुटर चोरेको आरोपमा दुई नेपालीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अल्टिन्हो पानाजीका ५० वर्षीय दामोदर नाइकको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    उनले अल्टनिहोको खुला जमिनमा स्कुटर पार्किङमा राखिएकामा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा टेक्निकल सर्भिलेन्स र सीसीटीभी फुटेजका आधारमा ती व्यक्तिहरूको पहिचान गरेको जनाइएको छ ।

    उक्त घटनामा प्रहरीले वसन्त मिजार र विशाल गुरुङलाई पक्राउ गरेको जनाइएको छ । १९ वर्षीय दुवै युवक पक्राउ परेको र चोरिएको स्कुटर पनि बरामद गरिएको प्रहरी अधिकारी विजयकुमार चोदान्करले बताएका छन् । टाइम्स अफ इन्डियाबाट ।


    प्रतिक्रिया दिनुहोस