बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत


    हुलाक प्रेस

    • बिहीबार , असार ६ २०८११०:०३
    दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

    काठमाडौं । मदिरा घोटाला प्रकारणमा पक्राउ परेका नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जमानत पाएका छन् । पक्राउ परेको तीन महिनापछि केजरीवालले राउज एभिन्यू अदालतबाट जमानत पाएका हुन् ।

    उनी शुक्रबार रिहा हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, प्रवर्तन निर्देशनालय (ईडी)ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ । अदालतले केजरीवाललाई एक लाख रुपैयाँ धरौटी बुझाउन भनेको छ ।

    यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल गत २१ मार्चमा पक्राउ परेका थिए । उनलाई अप्रिल १ मा तिहाड जेल पठाइएको थियो ।


    प्रतिक्रिया दिनुहोस