शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • देशभर मनसुन फैलिन अझै केही समय लाग्ने


    हुलाक प्रेस

    • बिहीबार , असार ६ २०८११०:२१
    देशभर मनसुन फैलिन अझै केही समय लाग्ने

    काठमाडौँ । नेपालमा १० दिनअगाडि नै मनसुन फेलिए पनि अझै देशभर फैलिन सकेको छैन ।

    आगामी आइतबारसम्म भने देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    मुलुकको पूर्वी भागबाट सुरु भएको मनसुन लुम्बिनी प्रदेशसम्म पुगे पनि त्यसभन्दा पश्चिमसम्म जान नसकेको मौसमविद्हरुले जानकारी दिएका छन् ।

    मुलुकको पश्चिम तथा सुदूरपश्चिम क्षेत्रमा अझै मनसुन पुग्न नसकेको मनसुनविद्हरुले जानकारी दिए । मौसमविद्हरुका अनुसार आइतबारसम्म भने मुलुकभरि नै मनसुन फैलिनेछ ।

    महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ ।


    प्रतिक्रिया दिनुहोस