हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भियतनामको औपचारिक भ्रमणका क्रममा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् । पुटिन राजकीय भ्रमणमा हनोई पुगेका हुन् ।
यस भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु रहेको छ। भियतनामी राष्ट्रपति टो लामले दुवै देशले सुरक्षाको क्षेत्रमा सहयोग बढाउन चाहेको बताए । त्यस्तै राष्ट्रपति पुटिनले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै नेताको दृष्टिकोण समान वा धेरै नजिक रहेको उल्लेख गरे ।
उत्तर कोरियाबाट भियतनाम पुगेका पुटिनलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । भियतनाम यस समयमा पुटिनका लागि उत्तर कोरियाभन्दा बढी महत्त्वपूर्ण छ किनभने भियतनाम हालैका वर्षहरूमा भियतानाम अमेरिकासँग नजिक भएको छ। पुटिनको हनोई भ्रमणको अमेरिकाले भने आलोचना गरेको छ ।