शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग


    हुलाक प्रेस

    • बिहीबार , असार ६ २०८११०:४८
    सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग

    काठमाडौँ । सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ । 

    सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन बढाउनुपर्ने खाँचो औँल्याएको हो ।

    साथै सङ्घले सगरमाथालगायत हिमाली क्षेत्रलाई संरक्षण गर्न कडा कानुनी व्यवस्था गर्न पनि सरकार समक्ष माग गरेको छ । हिमाल आरोहणलाई व्यवस्थित गर्न तथा आगामी दिनमा आठ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन सङ्घले सुझाएको छ ।

    सगरमाथा क्षेत्रबाट समाचार सम्प्रेषणमा एकद्वार प्रणाली कायम नहुँदा सगरमाथाबारे गलत प्रचार प्रसारको जोखिम बढिरहेकोमा पनि सञ्चारमाध्यमहरुलाई ध्यानाकर्षण गराएको छ ।

    सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सुरक्षाकर्मीसहितको कमाण्ड र सरोकारवाला सङ्घ–संस्था संलग्न अनुगमन टोली बनाएको खण्डमा सगरमाथा आधार शिविर र सो भन्दा माथिको कार्य प्रभावकारी हुने सङ्घले विज्ञप्तिमा जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस