बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ हुँदै


    हुलाक प्रेस

    • शुक्रबार, असार ७ २०८११०:०६
    प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ हुँदै

    काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ । मध्याह्न १२ बजे बस्ने बैठकमा प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ हुनेछ । 

    संवैधानिक परिषद्को बैठकले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा पुरानो संसद भवनको पुनःनिर्माण, निर्माणाधीन संसद् भवन निर्माणको प्रगतिलगायत विषयमा छलफल हुनेछ । 

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल सिमेन्ट उत्पादक संघबाट प्राप्त निवेदनका सन्दर्भमा संघका प्रतिनिधिसँग छलफल हुनेछ । बैठक दिउँसो १२ बजे बस्नेछ । 


    प्रतिक्रिया दिनुहोस