बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौ घाइते


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८००९:३५
    भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौ घाइते

    प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ ।

    काठमाडौं । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

    प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

    भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।

    रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये २७ जनाको सनाखत भइसकेको छ भने बाँकीको सनाखत गर्ने क्रम जारी छ ।

    रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको छ ।

    370116063_24107699568878142_750754948379963401_n (2).jpg

     

    369832575_1482333712608697_8303718320833106471_n (1).jpg

    Jajarkot earthquake1.jpg


    प्रतिक्रिया दिनुहोस