शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा


    हुलाक प्रेस

    • शनिबार, असार ८ २०८१०८:२८
    नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

    चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी  अवरुद्ध भएको थियो । 

    पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 


    प्रतिक्रिया दिनुहोस