काठमाडौं । स्विट्जरल्यान्डको एक अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्ये एक हिन्दुजा परिवारका चार सदस्यलाई कामदारको शोषण गरेको कसुरमा ४ वर्षको जेल सजाय सुनाएको छ ।
हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट कामदार बोलाएर शोषण गरेको ठहर अदालतले गरेको छ ।
प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार वर्षदेखि साढे चार वर्षसम्मको जेल सजाय तोकिएको बीबीसीले जनाएको छ ।
प्रकाश हिन्दुजा र कमल हिन्दुजा वृद्ध उमेर र कमजोर स्वास्थ्यका कारण अदालतमा उपस्थित भएनन् भने अभियोजकले अजय हिन्दुजा र नम्रता हिन्दुजालाई पक्राउ गर्न आदेश दिएको छ । स्विस मिडिया रिपोर्टका अनुसार सजाय पाएका दोषी फरार छन् । हिन्दुजा परिवारले कामदारको राहदानी जफत गरी न्यूनतम पारिश्रमिकभन्दा कम दिएको ठहर अदालतले गरेको छ ।