शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • भक्तपुरमा सुमोको ठक्करबाट पैदल यात्रीको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, असार ८ २०८१०७:५६
    भक्तपुरमा सुमोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    भक्तपुर । भक्तपुर नगरपालिका–१, घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका बागलुङको गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । उपचारका निम्ति भक्तपुर अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

    दुर्घटना गराउने सवारीसाधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ का ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको उनले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस