शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु,६ घाइते


    हुलाक प्रेस

    • आइतबार, असार ९ २०८१०७:५६
    जाजरकोटमा बाढीले बगाउँदा शिक्षकको मृत्यु,६ घाइते

    काँक्रेविहार (सुर्खेत) । भारी वर्षाका कारण जाजरकोटको कुशे गाउँपालिका–१, तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार भएको छ ।  

    शनिबार राति खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।

    बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर  चलाउने घाइते भएको उपाध्यक्ष सिंहले जानकारी दिइन् । रासस


    प्रतिक्रिया दिनुहोस