शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौंमा


    हुलाक प्रेस

    • सोमबार, असार १० २०८१०१:१२
    चीनका उपविदेशमन्त्री सुन वेइदोङ काठमाडौंमा

    काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको लागि सोमबार बिहान काठमाडौं आइपुगेका छन् ।

    नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी काठमाडौं आएका हुन् । 

    नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मंगलबार काठमाडौंमा हुँदैछ ।

    बैठकमा नेपाल–चीन सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    नेपाल भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी बुधबार स्वदेश फर्किनेछन् ।


    प्रतिक्रिया दिनुहोस