बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अर्थ मन्त्रालय अन्तर्गतका ५ सहसचिवको जिम्मेवारी हेरफेर


    हुलाक प्रेस

    • मंगलबार, असार ११ २०८१०५:३१
    अर्थ मन्त्रालय अन्तर्गतका ५ सहसचिवको जिम्मेवारी हेरफेर

    काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५ जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । 

    मन्त्रालयले सहसचिव नरेन्द्र राना, रामप्रसाद आचार्य, नारायण सापकोटा, सुशीला अर्याल र रामकुमार महतोको जिम्मेवारी हेरफेर गरेको हो ।

    मन्त्रालयका अनुसार सहसतिव नरेन्द्र रानालाई बजेट महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छभने सहसचिव रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख, नारायण सापकोटा र सुशीला अर्यालललाई महालेखा नियन्त्रकको कार्यालयमा जिम्मेवारी दिइएको छ।

    सहसचिव रामकुमार महतोलाई भने भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

    अर्थ मन्त्रालयका दुई सहसचिवलाई आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको थियो।


    प्रतिक्रिया दिनुहोस