बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अरविन्द केजरीवाललाई सीबीआईले तिहाड जेलबाटै गर्यो पक्राउ


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०७:५५
    अरविन्द केजरीवाललाई सीबीआईले तिहाड जेलबाटै गर्यो पक्राउ

    काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई)ले तिहाड जेलबाटै पक्राउ गरेको छ । उनलाई सीबीआईले मदिरा नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा मंगलबार राति पक्राउ गरेको हो ।

    यसअघि आजै दिल्ली उच्च अदालतले सोही घोटालामा ईडीले दायर गरेको मुद्दामा केजरीवाललाई जमानत दिन अस्वीकार गरेको थियो । दिल्ली उच्च अदालतको निर्णयबारे भोलि सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ ।

    सुनुवाइअघि नै सीबीआईले उनलाई पक्राउ गरेको हो । समाचार एजेन्सी एएनआईका अनुसार सीबीआईले सोमबार केजरीवालमाथि अनुसन्धान गरेको थियो । 

    राउज एभिन्यू अदालतले २० जुनमा केजरीवाललाई जमानत दिएको थियो । तर, २१  जुनमा ईडी राउज एभिन्यू अदालतको निर्णयविरुद्ध दिल्ली उच्च अदालत गएको थियो ।


    प्रतिक्रिया दिनुहोस