शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बाढीले एकै परिवारका चारजना बगायो, एक जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०८:१२
    बाढीले एकै परिवारका चारजना बगायो, एक जनाको मृत्यु

    सुन्दरहरैँचा । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एक जनाको मृत्यु भएको हो । 

    फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । 

    माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए । 


    प्रतिक्रिया दिनुहोस