शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लमजुङमा पहिरोले तीन वटा घर बगायो, एकै परिवारका ४ जना बेपत्ता


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०८:२७
    लमजुङमा पहिरोले तीन वटा घर बगायो, एकै परिवारका ४ जना बेपत्ता

    काठमाडौं । लमजुङमा पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन् । 

    क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरोले तीन वटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

    पहिरोले रुद्रमणि गुरुङ र उनकी बुहारी पञ्चकुमारी गरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए । ‘पहिरोमा पुरिएर रुद्रमणि, उनकी बुहारी पञ्चकुमारी, पञ्चकुमारीका २ छोरी इच्छा र नम्रता बेपत्ता छन्,’ इन्सपेक्टर चापागाइँले भने, ‘घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा खटिएको छ ।’ 

    ठूलो वर्षापछि गएराति झण्डै १ बजे घरमाथिबाट आएको पहिरोले तीनवटा घरगोठ पुरेको हो । रुद्रमणिको घरमा उनी एक्लै थिए । जिल्ला प्रहरी कार्यालय बेँसीसहरबाट डीएसपी मीनबहादुर घलेको कमाण्डमा प्रहरी टोली बुधबार बिहान घटनास्थलतिर गएको छ । 


    प्रतिक्रिया दिनुहोस