शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०८:३४
    ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु
    फाइल तस्वीर

    काठमाडौं । ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ। पहिरोमा परेर दुई जना घाइते भएका छन् । 

    चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

    गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली (मृतक महिलाका पति) बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेका प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस