शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य १० डलरले घट्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०८:५३
    सुनको मूल्य १० डलरले घट्यो, कति पुग्यो भाउ ?

    काठमाडौं । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.४४ प्रतिशत अर्थात १०.३७ डलरले घटेको छ ।  

    अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३२०.५१ डलरमा सीमित बनेको छ ।  

    सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतिऔंस २.०८ प्रतिशत अर्थात ०.६२ डलरले घटेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २८.९३ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस