बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भूकम्पमा परेर घाइते भएकालाई ढाडस दिन जाजरकोट पुगे प्रधानमन्त्री


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८०११:०२
    भूकम्पमा परेर घाइते भएकालाई ढाडस दिन जाजरकोट पुगे प्रधानमन्त्री

    काठमाडौं । भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घाइतेलाई ढाडस दिएर रुकुम पश्चिम फर्किएका छन् ।‘डाक्टर र औपधि ल्याएर आएका छौं । उपचारमा समस्या हुँदैन छिट्टै निको हुन्छ । चिन्ता नलिनुहोला,’ प्रधानमन्त्री दाहालले भने ।

    जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटी ढाडस दिएका हुन् ।

    नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।

     


    प्रतिक्रिया दिनुहोस