शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • लमजुङ पहिरो : बेपत्ता चारैजनाको शव भेटियो


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०१:४३
    लमजुङ पहिरो :  बेपत्ता चारैजनाको शव भेटियो

    लमजुङ । लमजुङमा पहिरोमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ ।

    जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए ।  

    पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए । 

    पहिरोले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् । रासस


    प्रतिक्रिया दिनुहोस