काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बुधबार दिउँसो साढे १२ बजेपछि चितवनको इच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोका कारण दुईतर्फका सवारीसाधनहरू रोकिएका छन् ।