बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सहकारी प्रकरण : संसदीय छानबिन समितिले माग्यो गोरखा मिडियाको फाइल


    हुलाक प्रेस

    • बुधबार, असार १२ २०८१०६:३३
    सहकारी प्रकरण : संसदीय छानबिन समितिले माग्यो गोरखा मिडियाको फाइल

    काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ । 

    समितिको बुधबार बसेको बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गर्ने निर्णय भएको समिति सदस्य इश्वरी न्यौपानेले जानकारी दिइन् । “गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल मगाएका छौँ,” उनले भनिन् । 

    गोरखा मिडिया नेटवर्क गृहमन्त्री रवि लामिछानेले कार्यकारी निर्देशक भएर चलाइएको संस्था हो । उक्त मिडिया हाउसअन्तर्गत ग्यालेक्सी फोर के टीभी सञ्चालनमा आएको थियो । यसको अध्यक्ष जीबी राई हुन् । मिडिया नेटवर्कमा सहकारीबाट पैसा लिएर कानुनविपरीत लगानी गरिएको आरोप लाग्दै आएको छ । 

    साथै समितिको कार्यक्षेत्रअन्तर्गत अनुसूची–२ मा रहेको नाैवटा सहकारीको सम्बन्धी फाइल पनि सम्बन्धित सहकारीबाट मगाइएको उनले जानकारी दिइन् ।


    प्रतिक्रिया दिनुहोस