शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • यी नदीमा आज आकस्मिक बाढीको जोखिम


    हुलाक प्रेस

    • बिहीबार , असार १३ २०८१०९:१६
    यी नदीमा आज आकस्मिक बाढीको जोखिम

    काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढी आउने सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

    इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपास जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । 

    आगामी तीन दिन कोसी, नारायणी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुनेछ । तर, बढ्दो क्रममा रहने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस