शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • एसईई नतिजा : दुई लाख ४२ हजार परीक्षार्थीले मात्र कक्षा–११ पढ्न पाउने


    हुलाक प्रेस

    • बिहीबार , असार १३ २०८१०९:२९
    एसईई नतिजा : दुई लाख ४२ हजार परीक्षार्थीले मात्र कक्षा–११ पढ्न पाउने

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ ।

    नतिजाअनुसार, एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।

    अरू ५२.१४ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । उनीहरू मूल प्रमाणपत्र पाउँदैनन् । ग्रेडवृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस