शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मकवानपुर, पर्सा, उदयपुरलगायत स्थानमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह


    हुलाक प्रेस

    • शुक्रबार, असार १४ २०८१०८:२९
    मकवानपुर, पर्सा, उदयपुरलगायत स्थानमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

    काठमाडौं । देशका केही स्थानमा अहिले भारी वर्षा भइरहेको छ । मकवानपुर, पर्सा, उदयपुरलगायत स्थानमा भारी वर्षा भइरहेको छ । 

    पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिंगेमा भारी वर्षा मापन भएको छ । कर्रा, लोथरलगायत क्षेत्र भएर बहने स–साना नदीहरूको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टामा चितवनको शक्तिखोर र कल्याणपुर आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ ।   

    यस्तै पर्साको ठोरी र आसपासका क्षेत्रहरूमा पनि भारी वर्षा मापन भएको छ । त्यसैले रिउ खोलालगायत क्षेत्र भएर बग्ने स–साना नदीहरूको बहाव बढ्ने भन्दै विभागले तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेले सतर्कता अपनाउनुपर्ने जनाएको छ । 

    उदयपुरको सदरमुकाम गाइघाट र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 


    प्रतिक्रिया दिनुहोस