बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • वाइडेन र ट्रम्पको पहिलो डिबेट सुरु, कस्तो हुनेछ नियम ?


    हुलाक प्रेस

    • शुक्रबार, असार १४ २०८१०८:४६
    वाइडेन र ट्रम्पको पहिलो डिबेट सुरु, कस्तो हुनेछ नियम ?

    काठमाडौं । अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो डिबेट सीएनएनमा सुरु भएको छ । उनीहरू दुईमध्ये एकले यसपटक राष्ट्रपति पदमा जित्ने निश्चित छ । ५ नोभेम्बरमा हुने चुनावअघि हुने दुईवटा डिबेटमध्ये यो पहिलो हो  ।

    कहाँ र कहिले हुँदै छ डिबेट ?
    एटलान्टा जर्जियाबाट यो सीएनएनमार्फत लाइभ हुँदै छ । उक्त कार्यक्रममा सीएनएन इन्टरनेसनल, सीएनएन एन इस्पानोल, सीएनएन म्याक्स र सीएनएन वेवसाइटबाट पनि प्रसारण गरिने जनाइएको छ । त्यसलाई बीबीसीले पनि कभरेज गर्ने र विश्लेषण लाइभ ब्लगमा ट्युन गर्न बीबीसीले आग्रह गरेको छ ।

    नियम के–के छन् ?
    उक्त डिबेटको भेट्रान सीएनएन एंकर जेक टप्पर र डाना बासले मोडरेट गर्दैछन् । उक्त नेटवर्कका अनुसार डिबेट ९० मिनेटसम्म चल्नेछ । दुईवटा कमर्सियल ब्रेक हुनेछन् । 

    दुई उमेदवारको बिहीबार पोडियम प्लेसमेन्ट र क्लोजिङ स्टेटमेन्टका लागि नेपालको शैलीमा गाई कि त्रिशूल शैलीमा सिक्का उफार्ने काम भइसकेको छ । 

    जसअनुसार बाइडेन स्क्रिनको दायाँ साइडमा हुनेछन् । बाइडेनको  वायाँतर्फ ट्रम्प हुनेछन् । अन्तिम वक्ता ट्रम्प हुनेछन् । अर्थात् क्लोजिङ स्टेटमेन्ट पहिला बाइडेनले दिनेछन् ।

    दुवै उमेदवार डिबेटमा उभिनेछन् । बाइडेनले बस्नका लागि अनुरोध गरेको भन्ने रिपोर्ट गलत भएको उनको क्याम्पेन सम्बद्धहरूले बताएका छन् । उक्त  इभेन्टका क्रममा क्याम्पेनका स्टाफले कुरा गर्न पाउने छैनन् । ब्रेकको समयमा समेत उक्त अनुमति नभएको बताइएको छ ।

    दुवैलाई एक/एकवटा कलम, पेपरको एउटा प्याड र एक बोतल पानी दिइनेछ । तर, कुनै सामग्री वा पूर्वलिखित नोट स्टेजमा लैजान अनुमति छैन ।

    पहिलाको जस्तै उनीहरूको माइक्रोफोन बोल्न आवश्यक परेको बेलामाबाहेक म्युट गरिनेछ । स्टुडियो अडियन्स पनि हुने छैनन् । सीएनएनले समय तोकेर सभ्य छलफल गराउनेछ । 

    सन् १९६० पछि पहिलोपटक यसपटक डिबेट चुनावको मितिभन्दा धेरै अगाडि हुन लागेको हो । (एजेन्सीहरू)

     


    प्रतिक्रिया दिनुहोस