बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बन्यो डेनमार्क, प्रति गाई सय डलर तिर्नुपर्ने


    हुलाक प्रेस

    • शुक्रबार, असार १४ २०८१०७:२९
    पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बन्यो डेनमार्क, प्रति गाई सय डलर तिर्नुपर्ने

    काठमाडौं । डेनमार्क पुश चौपायामा कार्बन कर लगाउने विश्वकै पहिलो देश बनेको छ । डेनमार्कको गठबन्धन सरकारले यो साता कृषि क्षेत्रमा विश्वकै पहिलो कार्बन उत्सर्जन कर लागू गर्ने निर्णय गरेको हो ।  

    यो व्यवस्था सन् २०३० देखि कार्यान्वयनमा आउनेछ । यससँगै डेनमार्कका डेरी किसानहरुले प्रत्येक गाईको ६७२ डेनिस क्रोन(९६ डलर)करको रुपमा तिर्नुपर्नेछ । किसानहरुले गाईले उत्सर्जन गर्ने कार्बनको लागि यो कर तिर्नुपर्नेछ ।  

    डेनमार्क विश्वको सबैभन्दा ठूलो डेरी र पोर्क निर्यातकर्ता देश हो । कृषि क्षेत्र कार्बन उत्सर्जन गर्ने डेनमार्कको सबैभन्दा ठूलो क्षेत्र हो । यस्तै डेनमार्कले कार्बन उत्सर्जन नियन्त्रण गर्नका लागि ४० बिलियन डेनिस क्रोन(३.७ बिलियन डलर)बराबर लगानी गर्ने योजना समेत बनाएको छ । यो रकम वृक्षारोपण, सिमसार क्षेत्रको संरक्षण गर्न र देशको जलवायु लक्ष्य पुरा गर्न खर्च गरिनेछ ।  

    डेनमार्कका डेरी उद्योगीले सरकारको यो कदमको खुलेर स्वागत गरेका छन् । तर केहि किसानले भने सरकारको यो निर्णयको विरोध गरेका छन् ।  

    यो करको कानूनलाई यसै वर्ष संसदबाट पारित गरिने जनाइएको छ । जसअन्तर्गत किसानहरुलाई ६० प्रतिशत कर लगाइनेछ र सन् २०३० बाट चौपायाले उत्सर्जन गरेको प्रतिटन कार्बनमा १२० क्रोन(१७ डलर) शुल्क लगाइनेछ । जुन सन् २०३५ मा ३०० क्रोन(४३ डलर) पुर्याइनेछ ।  

    डेनमार्कमा कुल चौयायामध्ये कार्बन उत्सर्जनका लागि गाईहरु सबैभन्दा धेरै जिम्मेवारी मान्निछन् । गाईहरुले प्रतिवर्ष ५.६ टन कार्बन उत्सर्जन गर्छन् । -एजेन्सी 


    प्रतिक्रिया दिनुहोस