शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • शनिबार, असार १५ २०८१०७:३५
    आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव बढेसँगै विभिन्न ठाउँमा आंशिकदेखि भारी वर्षाको सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । 

    कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    थोरै स्थानमा भारी वर्षा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ । 

    विभागका अनुसार दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुपर्ने छ । 


    प्रतिक्रिया दिनुहोस