शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • यि नदीहरुमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह


    हुलाक प्रेस

    • शनिबार, असार १५ २०८१०९:५४
    यि नदीहरुमा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशका विभिन्न भेगमा अविरल वर्षासँगै नदीहरुमा बाढीको जोखिम देखिएको छ । आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    नारायणी नदीका अन्य सहायक नदीहरूमा वहाब उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    पर्वत, स्याङजा, गुल्मी, बाग्लुङ, सुर्खेत र आसपासका जिल्ला भएर बहने अधिकांश स–साना नदीहरुमा आब बहाव बढ्ने तथा केही स–सान नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागको भनाइ छ । यी जिल्ला भएर बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा अति उच्च सावधानी उपनाउन विभागको आग्रह छ । 

    इलाम, पाँचथर, भोजपुर, उदयपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही जिल्ला भएर बग्ने नदी तथा खोलामा पनि बहाव बढ्नेछ । 

    कपिलवस्तु, अर्घाखाँची, दाङ, प्यूठान, रोल्पा, सल्यान, बाँके, बर्दिया, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भएर बहने स–साना नदी तथा खोलामा पनि बहाव बढ्ने तथा आकस्मिक बाढीको जोखिम रहने विभागको पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विवभागले सचेत गराएको छ । 
     


    प्रतिक्रिया दिनुहोस