शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मनसुन विपत्तिः २० दिनमा ४२ जनाको ज्यान गयो, ५१ घाइते


    हुलाक प्रेस

    • शनिबार, असार १५ २०८१११:०३
    मनसुन विपत्तिः २० दिनमा ४२ जनाको ज्यान गयो, ५१ घाइते
    फाइल तस्वीर

    काठमाडौं । पानी पार्ने मनसुन प्रणाली भित्रिएयता देशमा जनधनको ठूलो क्षति भइसकेको छ । हाल मनसुन सक्रिय अवस्थामा छ ।

    गएको जेठ २८ गते नेपालको पूर्वी भूभागमा मनसुन भित्रिएको थियो । केही दिन उक्त भूभागमा मात्र सीमित मनसुन देशभर फैलिइसकेको छ ।

    नेपाल प्रहरीका अनुसार, जेठ २८ यता बाढीपहिरो, चट्याङबाट देशभर ४२ जनाको मृत्यु भइसकेको छ । त्यसरी ज्यान गुमाउनेमा २० पुरुष, १० महिला र १२ बालबालिका थिए ।

    यो अवधिमा प्राकृतिक विपद्का ३७८ घटना रेकर्ड गरिएको छ । ती घटनामा परी ५१ जना घाइते भएका छन् । घाइतेमध्ये २३ पुरुष, १८ महिला र १० बालबालिका छन् ।

    प्राकृतिक विपद्का घटनामा ६ करोड ९९ लाख ७९ हजार २०० रुपैयाँबराबरको धनमालको समेत क्षति भएको प्रहरीले जानकारी गराएको छ ।


    प्रतिक्रिया दिनुहोस