बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा बस्नलायक शहर


    हुलाक प्रेस

    • आइतबार, असार १६ २०८११२:१६
    अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा बस्नलायक शहर

    काठमाडौं । अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा बस्नलायक शहर बनेको छ । इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको सूचीअनुसार भियना लगातार तेस्रो वर्ष विश्वकै शीर्ष बस्नलायक शहर बन्न सफल भएको हो ।  

    इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विश्वका १७३ शहरहरुको अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा विश्वका शहरहरु बसोवास गर्नका लागि कत्तिको सुरक्षित र आरामदायी छन् भन्ने बारे अध्यन गरिएको थियो । अनुसन्धानमा शहरहरुको स्थायित्व,स्वास्थ्य सेवा,संस्कृति र वातावरण,शिक्षा र पूर्वाधार गरी ५ विषयलाई आधार मानिएको थियो ।  

    स्थायित्व,स्वास्थ्य सेवा,शिक्षा र पूर्वाधारमा अब्बद देखिएको भियनाले यो वर्ष पनि विश्वकै बस्नलायक शहरको उपाधि आफ्नो नाम गरेको छ । दोस्रो स्थानमा पनि युरोपेली देश डनमार्कको राजधानी कोपनहेगन रहेको छ । तेस्रोमा स्ट्जिरल्याण्डको शहर ज्यूरिख रहेको छ ।  

    विश्वको बस्नलायक शहरको चौथो स्थानमा अष्ट्रेलियाको मेलबर्न,पाचौंमा क्यानडाको कालगेरी,छैठौंमा स्विट्जरल्याण्डको जेनेभा,सातौंमा अष्ट्रेलियाको सिड्नी,आठौंमा क्यानडाको भानकौभर,नवौंमा जापानको ओसाका र दशौंमा न्यूजिल्याण्डको अकल्याण्ड रहेका छन् ।    

    भियनाले संस्कृति र वातावरणमा अन्यको श्रेणीको तुलनामा कम अंक प्राप्त गरेको छ । मुख्य खेलकुद प्रतियोगिताहरुको अभावका कारण भियनाले यो श्रेणीमा कम अंक प्राप्त गरेको इकोनोमिक इन्टीलिजेन्स युनिटले जनाएको छ ।  

    विकसित अर्थतन्त्रका धेरैजसो शहरहरुमा स्थायित्व र पूर्वाधारमा आएको ह्रासलाई विकाशील अर्थतन्त्रका शहरहरुको स्वास्थ्य सेवा र शिक्षामा संरचनात्मक सुधारहरुले प्रतिस्थापन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।  

    एशियाली शहरहरुमा जापानको ओसाको विश्वको बस्नलायक शहरको रुपमा सूचिकृत भएको छ ।


    प्रतिक्रिया दिनुहोस