बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुन सकिन्छ ? कति रकम जम्मा गर्नुपर्छ ?


    हुलाक प्रेस

    • आइतबार, असार १६ २०८११२:३०
    नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुन सकिन्छ ? कति रकम जम्मा गर्नुपर्छ ?

    काठमाडौं । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  

    यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक र कर्मचारी,स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।    

    बचत गर्न सकिने सीमा ?

    योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक र त्रैमासिक र अर्धवार्षिक र वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक रु ५०० भन्दा कम नहुने गरी बुझाउनु पर्नेछ ।    

    पेन्सन पाउन योग्य हुने अवस्था ?

    पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने गरी सहभागीले यस योजनामा सहभागी हुन सक्नेछन् ।  

    पेन्सन गणना विधि

    सहभागीले गरेको बचत त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडि हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् ।  


    प्रतिक्रिया दिनुहोस