शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आज संसद् दिवस, अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन


    हुलाक प्रेस

    • आइतबार, असार १६ २०८११२:३९
    आज संसद् दिवस, अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन

    आज संसद् दिवस। नेपालमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन।

    देशमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो।

    हरेक वर्ष यस दिनलाई विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ। संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन्।

    पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो भने उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए।


    प्रतिक्रिया दिनुहोस