काठमाडौं । लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। उनीहरूमाथि तीन करोड रुपैयाँ सहकारीको बचत रकम ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं - १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष वर्ष ७६ का अमरदास श्रेष्ठ, कोषाध्यक्ष वर्ष ७५ अमृतकुमार अर्याल, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर-२५ भैसेपाटी बस्ने वर्ष ४६ प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र संस्थाका सदस्य ललितपुर महानगर-११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन् ।
सो सहकारीमा २२ हजार जना बचतकर्ता छन् भने जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ छ ।