पहिरोमा घाइते भएका ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा पहिरोमा परेर गम्भिर घाइते भएका उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नोवेल अस्पताल विराटनगर लगिएको जनाएको छ।
पालिका र जिल्लाबाट सूचना पाएसँगै उद्धारका लागि गृह मन्त्रालय र नेपाली सेनाको हेलिकप्टरबाट घाइतेलाई शनिबार बेलुका ६ बजे विराटनगर ल्याईएको हो।
गत जेठ ३१ गते शुक्रबार ताप्लेजुङकै फक्तालुङ गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको थियो भने सो घटनामा समेत प्रदेश सरकारले पीडित परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो।