बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोट भूकम्प अपडेट

    भूकम्पमा परेर अहिलेसम्म १ सय ३८ जनाको मृत्यु भएको पुष्टिः गृह मन्त्रालय

    जाजरकोट र रुकुम पश्चिम दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय


    हुलाक प्रेस

    • शनिबार, कात्तिक १८ २०८०१२:०३
    भूकम्पमा परेर अहिलेसम्म १ सय ३८ जनाको मृत्यु भएको पुष्टिः गृह मन्त्रालय

    काठमाडौं । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म १ सय ३८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। 

    आज बिहान गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा सो तथ्यांक प्रस्तुत भएको हो। जाजरकोट र रुकुमपश्चिममा गरी मृतकको संख्या १३८ पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै हाल २३१ जना घाइते उपचाररत रहेको जनाइएको छ।   

    बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषण्मा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ। 


  • सम्बन्धित विषय:

  • # जाजरकोट भूकम्प
  • प्रतिक्रिया दिनुहोस