बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गुण एयरलाइन्सले ६ करोड ७३ लाख बक्यौता तिर्यो, जहाज उडाउने बाटो खुल्यो


    हुलाक प्रेस

    • आइतबार, असार १६ २०८११०:४५
    गुण एयरलाइन्सले ६ करोड ७३ लाख बक्यौता तिर्यो, जहाज उडाउने बाटो खुल्यो

    काठमाडौं । गुण एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्न बाँकी ६ करोड ७३ लाख रुपैयाँ तिरेको छ । गुण एयलाइन्सले १ करोडको बैंक ग्यारेन्टी पनि राखेकोले अब जहाज उडाउन आवश्यक बाटो खुलेको छ ।

    प्राधिकरणलाई बक्यौता बुझाएको यस अघि जफत भएको बैंक ग्यारेन्टी फुकुवा भएकाे छ । लामो समयदेखि गुण एयरलाइन्सले बक्यौता नबुझाउँदा जहाज उडान प्रभावित बनेको थियो । बक्यौता बुझाएसँगै प्रक्रिया पुरा गरेर जहाज उडानलाई निरन्तरता दिन लागेको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले बताए ।

    पहिलो चरणमा बीचक्राफ्ट नामका २ वटा जहाज उडाइने छ भने भने ५ वटा जेटस्ट्रीमलाई चाहिँ बिक्री गर्ने गरिने छ । ती जहाजलाई बिक्री गर्न राखिसकिएको छ । जेटस्ट्रीम बिक्री गरेर गुणले एटीआर ७२ नामका आन्तरिक उडानमा प्रयोग भइरहेको ठूला जहाज खोजेको शाक्यले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस