सल्यान । सल्यानमा शिक्षकको कुटाइबाट एक विद्यार्थीको टाउकोमा चोट लागेको छ ।
आइतबार सल्यानको त्रिवेणी गाउँपालिका-६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा-६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेदा टाउकोमा चोट लागेको थियो ।
कक्षा चलिरहेको बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले विकलाई फलामको स्केलले हानेका हुन् ।
त्रिवेणी गाउँपालिका-६ का वडाध्यक्ष मनोज शाहका अनुसार घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो ।
तर उक्त मेडिकलमा टाँका लगाउने सामान नभएपछि जिल्ला अस्पताल लगिएको उनले बताए ।