बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित सर्वोच्च पुग्यो अख्तियार


    हुलाक प्रेस

    • सोमबार, असार १७ २०८१०९:३८
    कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित सर्वोच्च पुग्यो अख्तियार

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाविरुद्ध पुनरावेदन दर्ता गरेको छ । 

    सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि अख्तियार गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित सर्वोच्च पुगेको हो । 

    यसअघिको निलम्बन फुकुवाको आदेश कार्यान्वयन नगर्न उपयुक्त आदेश अख्तियारले माग गरेको छ ।

    मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर गरेका थिए । उनको रिटमा न्यायाधिशद्वय मनोज शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवा गर्ने फैसला सुनाएको थियो ।


    प्रतिक्रिया दिनुहोस