काठमाडौं । रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका(३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।
सो घटनामा परेर ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले जानकारी दिए ।