शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०७:५६
    आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । केही स्थानमा भारी र धेरै भारी वर्षाको पनि सम्भावना छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतयादेखि पूर्णतया बदली छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    विभागले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

    वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस