बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सरकारबारे निर्णय गर्न जसपा बैठक बस्दै


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०८:२९
    सरकारबारे निर्णय गर्न जसपा बैठक बस्दै

    काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने भएको छ । पार्टीले मंगलबार बिहान १० बजे बैठक बोलाएको हो ।

    ‘हामी अहिले सरकारमा नै छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कुरा पनि छ,’ पार्टीका उपमहासचिव प्रदीप यादवले भने, ‘१० बजे पार्टीको बैठक बोलाएका छौँ । त्यसपछि थप निर्णय लिन्छौँ ।’

    दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ ।


    प्रतिक्रिया दिनुहोस