काठमाडौं । सरकार परिवर्तनसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले कटाक्ष गरेका छन् ।
दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेले सत्ता सहकार्यमा सहमति गरेपछि बालेनले झापाको गिरिबन्धु टि स्टेटको कुरा उठाउँदै सामाजिक सञ्जालमा लेखेका छन् - 'यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउ भाले ।' यसअघि पनि बालेनले गिरीबन्धु टि स्टेटको विषयमा सामाजिक सञ्जालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कटाक्ष गर्दै आएका थिए ।