बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ७ डलरले बढ्यो, कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०९:१६
    सुनको मूल्य ७ डलरले बढ्यो, कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.३१ प्रतिशत अर्थात ७ डलरले बढेको  छ ।  

    सुनको मूल्य प्रतिऔंस २ हजार ३३२ डलर पुगेको छ ।  सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । चाँदीको मूल्य प्रतिऔंस १.०८ प्रतिशत अर्थात ०.३१ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.४१ डलर कायम भएको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 


    प्रतिक्रिया दिनुहोस