शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सोमबार हराएका दुई बालकको शव मंगलबार पोखरीमा डुबेको अवस्थामा फेला


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१०४:१६
    सोमबार हराएका दुई बालकको शव मंगलबार पोखरीमा डुबेको अवस्थामा फेला

    सिरहा । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।   

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिए ।

    मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे  थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए । 
    रासस


    प्रतिक्रिया दिनुहोस