बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नुनको भाउ बढ्यो, कुन नुनको भाउ कति पुग्यो ?


    हुलाक प्रेस

    • मंगलबार, असार १८ २०८१११:१५
    नुनको भाउ बढ्यो, कुन नुनको भाउ कति पुग्यो ?

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनको मूल्य प्रतिकिलो तीन रुपैयाँले बढाएको हो ।

    नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको मूल्य २६ रुपैयाँ पुगेको छ ।

    यसैगरी न्यू शक्ति नुनको मूल्य प्रतिकिलो २० रुपैयाँ पुगेको छ । यसअघि न्यू शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो । साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । भानु नुनको मूल्य प्रतिकिलो ९ रुपैयाँ छ ।

     


    प्रतिक्रिया दिनुहोस