शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पाँच किलो अफिमसहित दुई पक्राउ


    हुलाक प्रेस

    • बुधबार, असार १९ २०८११०:३४
    पाँच किलो अफिमसहित दुई पक्राउ

    बाँकेमा पाँच किलो अफिमसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।  

    पक्राउ पर्नेमा जाजरकोट शिवालय गाउँपालिका-७ भिउसका ५५ वर्षीय रामबहादुर शाही र बारेकोट गाउँपालिका-८ सेपुखोलाका ३५ वर्षीय पूर्णबहादुर बिक रहेका छन।

    सोमबार उनीहरुलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन। 

    उनका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका-१४ स्थित शंकास्वद देखिन्दा चेकजाँच गर्दा उनीहरूको साथमा अफिम फेला पारेको हो।  

    थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट पाँच दिन म्याद थप गरिएको जनाइएको छ।


    प्रतिक्रिया दिनुहोस